play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुसँग छलफल गर्दै

0

असार ३०, मन्त्रालयगत कार्ययोजना, विकास निर्माण तथा सरकारी लक्ष्य भेट्न मन्त्रालयले गरिरहेको पहलबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आजपनि सम्वन्धित मन्त्री र सचिवहरुसँग छलफल गर्दै हुनुहुन्छ । सिंहदरबारमा दिउँसो हुने छलफलमा आज विभिन्न ११ मन्त्रालयको प्रगति विवरणमाथि समिक्षा हुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । यसअघि बुधबार प्रधानमन्त्री ओलीले बिभिन्न १४ मन्त्रालयको प्रगति विवरणमाथि सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल गर्नुभएको थियो । महत्वकांक्षी घोषणा भएपनि लक्ष्य अनुरुपको परिणाम आउन नसकेको भन्दै आलोचना बढेपछि प्रधानमन्त्री ओलीले प्रगति विवरण र भावी योजनाबारे मन्त्री र सचिवहरुसँग ब्रिफिङ लिन लाग्नुभएको हो । सरकारको काम कारबाही तथा मन्त्रालयगत योजना कार्यान्वयनका बिषयमा मन्त्री र सचिवहरुको जवाफ समेत लिने ओलीको तयारी छ

Share.

Leave A Reply