play_circle_outline On Air

मैसरिसुनाखरी

play_circle_outline On Air

मैसरिसुनाखरी

रियल म्याड्रिडले फेरि भन्योः हामीलाई नेमार चाहिदैँन

0

असार ३०, रियल म्याड्रिडले पुनः आफूहरुले नेमारका लागि कुनै प्रस्ताव नराखेको दोहोर्याएको छ।विभिन्न समाचारहरुमा क्रिस्टियानो रोनाल्डोले छाडेपनि म्याड्रिडले नेमारलाई प्रस्ताव गरेको समाचारहरु प्रकाशित गरेका थिए।च्याम्पियन्स लिगको विजेता म्याड्रिडले यसअघि जुलाई २ तारिखमा आफूहरुसँग नेमारलाई जोडेर आएका खबरहरु गलत भएको बताएको थियो।गत समरमा नेमार विश्वको महँगो मुल्य(२०० मिलियन पाउन्ड)मा पेरिस सेन्ट जर्मन(पीएसजी)सँग आवद्ध भएका थिए। यस विश्वकपमा दुई गोल गर्दै नेमारले ब्राजिललाई क्वार्टरफाइनलसम्म पुर्याएका थिए।एक स्पेनिस टेलिभिजनको रिपोटमा रियल मड्रिडले नेमारका लागि २ सय ७५ मिलियन पाउन्ड प्रस्ताव गरेको दाबी गरिएको थियो। पीएसजीको पहिलो सिजनमा नेमारले ३० खेल खेल्दै २८ गोल गरिसकेका छन्।‘रियल म्याड्रिडले नेमारलाई भित्र्याउन कुनै प्रस्ताव गरेको छैन्,’ क्लबले भनेको छ, ‘हामी र पीएसजीबीच राम्रो सम्बन्ध छ। पीएसजीका लागि सेवा गरिरहेका खेलाडीलाई चलाउँदै उनी हाम्रो सम्बन्ध बिगार्न चहादैनौँ।’
यसैहप्ता विश्वको चौथो महँगो खेलाडी बन्दै क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छाडेपछि क्लबले उनको विकल्प खोजीरहेको छ।२००९ मा म्यानचेस्टर यूनाइटेडबाट ८० मिलियन पाउन्डमा रियल आएका रोनाल्डोले रियल म्याड्रिडका लागि सर्बाधिक कीर्तिमानी ४५१ गोल गर्दै पछिल्ला पाँच सिजनमा क्लबलाई चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए।रोनाल्डो ९९.२ मिलियन पाउन्ड चारवर्षका लागि यूभेन्ट्ससँग अनुबन्धित भएका हुन्। योसँगै उनी विश्वको चौथो महँगो खेलाडी बनेका छन्।विश्वको सबैभन्दा महँगो खेलाडी ब्राजिलका नेमार हुन्। गत वर्षको अगष्टमा पेरिस सेन्ट जर्मन(पीएसजी)ले उनलाई अनुबन्ध गर्न बार्सिलोनालाई २ सय मिलियन पाउन्ड बार्सिलोनालाई तिरेको थियो। सँगै पीएसजीले केलियन एम्बाप्पेलाई १ सय ६६ मिलियन पाउन्डमा गतवर्षकै जुलाईमा अनुबन्धित गर्दै विश्वको दोस्रो महँगो खेलाडी बनाएको थियो।बार्सिलोनाले लिभरपुलबाट यसै वर्षको जनवरीमा फिलिप्पे कौटिन्होलाई १ सय ४२ मिलियन पाउन्डमा अनुबन्धित गरेपछि उनी विश्वको तेस्रो महँगो खेलाडी बनेका थिए।यूभेन्ट्सले रोनाल्डोलाई अगष्टमा प्रि सिजनमा अमेरिकामा हुने इन्टरनेशनल च्याम्पियन्स कपमा मैदान उतार्ने तयारी गरेको छ।रियल म्याड्रिडले रोनाल्डोको विकल्पमा नेमारसँगै चेल्सीका इडेन हार्जाड, फ्रान्सका १९ वर्षे केलियन एम्बाप्पे, अर्जेन्टिनाका पाउलो डिबाला र इंग्ल्याण्डका ह्यारी केनलाई प्राथमिकतामा राखेको छ।

Share.

Leave A Reply