play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

सन्दीप लामिछाने स्वदेश फिर्ता

0

३० असार, क्रिकेटर सन्दीप लामिछाने क्यानडामा क्रिकेट खेलेर फर्केका छन् । गत असार १५ गते क्यानडामा आयोजित ग्लोबल टी–ट्वान्टी खेल्न त्यसतर्फ गएका लामिछाने आज बिहान त्रिभुवन विमानस्थल हुँदै स्वदेश फर्केका हुन् ।लामिछाने मोन्ट्रियल टाइगर्सबाट खेलमा सहभागिता जनाउन त्यसतर्फ गएका थिए । जुलाई १७ मा फर्किने कार्यक्रम तय भए पनि उनी ३ दिनअगावै फर्केका छन् ।अघिपछि लामिछाने विमानस्थल भएर स्वदेश तथा विदेश आउ/जाउ गर्दा सञ्चारकर्मी तथा शुभेच्छुकको बाक्लो भीड लाग्ने गरेको थियो । तर आज विमानस्थलमा त्यस्तो कुनै दृश्य देखिएन । अघिपछि सञ्चारकर्मीको क्यामेरा तथा प्रश्नको निगरानीमा हुने सन्दीपले आज त्यस्तो केही सामना गर्नु परेन ।
यो दृश्यले स्वयं सन्दीपसमेत केहीबेर अल्मलिए । उनले खल्तीबाट मोबाइल निकाले र कसैलाई फोन गरे ।विमानस्थलमै भेटिएका सन्दीपका फ्यानहरुले भने उनलाई छाडेनन् । मौकाको फाइदा उठाउँदै उनीहरुले विभिन्न पोजमा फोटो खिचाएको दृश्य वरपरकाले रमाइलो मानेर हेरिरहेको देखिन्थ्यो ।केही फ्यानहरुसँग तस्वीर खिचाएर उनी गाडी चढेर होटल फर्किए ।

Share.

Leave A Reply