play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

नरेन्द्र मोदी चीनसँग झुक्ने पहिलो भारतीय प्रधानमन्त्री भएको राहुल गान्धीको आरोप

0

असार ३०, भारतीय राष्ट्रिय कांग्रेस अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका विषयमा कडा आलोचना गरेका छन् ।उनले ट्वीट गर्दै भनेका छन्, ‘हाम्रा प्रधानमन्त्रीको ‘बिना एजेण्डा’ वाला चीन भ्रमणका पछाडि कुनै एउटा ‘चिनियाँ एजेण्डा’ हुन्छ । यो सब भर्खर–भर्खर थाहा हुँदैछ । भारतको इतिहासमा कुनै प्रधानमन्त्री विदेशी शक्तिसँग झुकेनन् । यही बीजेपीको राष्ट्रवाद हो । जुन उदांगो भएर देखिइरहेको छ ।’
कांग्रेस अध्यक्ष गान्धीले ‘द प्रिन्ट’ समाचार शेयर गर्दै प्रधानमन्त्री मोदीको चीनबारे टिप्पणी गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार पटक चीन भ्रमणमा गैसकेका छन् । पछिल्लो पटक भारतीय प्रधानमन्त्री मोदी अनौपचारिक भ्रमणमा चीन गएका थिए । भारतमा आगामी वर्ष हुने लोकसभा चुनावको माहोल छाइसकेको छ । बीजेपी नेतृत्वको गठबन्धन एनडीए र कांग्रेस नेतृत्वको यूपीए गठबन्धनबीच नै तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । विपक्षीहरुका तर्फबाट कांग्रेस अध्यक्ष गान्धी प्रधानमन्त्रीको उम्मेदवार बन्ने सम्भावना रहेको छ ।

Share.

Leave A Reply