सिमकोटमा बोको र भाले चढाउने सर्तमा सडक र ढल निर्माण हुदै

0

असार ३०, सुन्दा पत्याउन कठिन हुन्छ तर यहाँ बोको र भाले चढाउने सर्तमा सडक र ढल निर्माण हुँदैछ ।सिमकोट गाउँपालिका–६ को लादेबाडादेखि कालीचोकसम्मको ढल तथा चार मिटर चौडा सडक निर्माणको मुखैमा देउताको पूजा गर्ने (थान) परेपछि कर्मचारीदेखि कामदारहरुले काम गर्नै मानेका थिएनन् । सहमतिपछि अहिले निर्माण कार्य अन्तिम अवस्थामा पुगेको छ ।सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी र इन्जिनियर सरोज भण्डारीदेखि दक्ष मिस्त्रीहरुले पनि त्यस स्थानमा निर्माण अगाडि बढाउन मानेनन् । देउताको पूजा गर्ने ठाउँमा क्षति पुर्याए त्यस कामसँग सम्बन्धित मान्छेको राम्रो नहुने सुनाएपछि उनीहरु डराएको उल्लेख छ ।
देउवताको डरले काम रोकिने चिन्तामा रहेका ठेकेदार पनि बोको र भाले चढाउन तयार भएका छन् । अब साउनमा ठेकेदारले देउतालाई बोको र भाले चढाउनुपर्ने भएको छ ।माथिल्लो कर्णालीका चार जिल्लाका ३ सय ७ वटा बस्ती असुरक्षित देखिएका छन् । कर्णाली विकास आयोगले गरेको अध्ययनमा हुम्लामा ७०, मुगुमा ४०, जुम्लामा ८९ र कालिकोटमा १०८ वटा वस्ती असुरक्षित भेटिएको छ ।

Share.

Leave A Reply