play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

सन्दिप लामिछाने भोलि नेपाल फर्किंदै

0

असार २९, क्यानडामा भएको ग्लोबल टि–२० प्रिमियर लिग क्रिकेटमा सहभागिता जनाएर नेपाली युवा स्पीनर सन्दिप लामिछाने भोलि नेपाल फर्किंदैछन् ।बिहान ८ः५० बजे जेट एयरवेजको विमानमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने सन्दिपका राष्ट्रिय क्रिकेट टिमका प्राविधिक विश्लेषक रमन शिवाकोटीले जानकारी दिएका छन् ।प्रतियोगितामा कूल ८ विकेट लिएका सन्दिपको टिम मोन्ट्रिएल टाइगर्स दोस्रो चरणमा पुग्न सकेन । ६ टिम सहभागी लिगमा मोन्ट्रिएल पाँचौं भएको थियो । सन्दिपले वेष्ट इण्डिज बी, भ्यानकुभर नाइट्स, एड्मोन्टन रोयल्सविरुद्ध १–१ विकेट लिएका थिए भने टोरन्टो नेशनल्सविरुद्ध २ तथा वेष्ट इण्डिज बी विरुद्धको दोस्रो खेलमा ३ विकेट लिएका थिए ।

Share.

Leave A Reply