play_circle_outline On Air

संगिनी

play_circle_outline On Air

संगिनी

‘ब्रेक्जिट’ योजनाले बेलायतसँग व्यापार सम्झौता अन्त्य हुने ट्रम्पको चेतावनी

0

असार २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्रीको ब्रेक्जिट योजना अगाडी बढेमा बेलायतको अमेरिकासँग सम्भवतः व्यापार सम्झौता हुन नसक्ने बताएका छन् ।राष्ट्रपति भएपछि पहिलो पटक दुई दिने भ्रमणका लागि बेलायत पुगेका ट्रम्पले द सन पत्रिकासँग कुरा गर्दै बेलायती प्रधानमन्त्री थेरेसा मेको ब्रेक्जिट योजनाले व्यापार सम्झौताको अन्त्य हुनसक्ने बताएका हुन् ।
यसको मूल कारण अमेरिकाले बेलायतको सट्टा यूरोपियन युनियनसँग सम्झौता गर्ने उनको भनाइ छ ।यद्यपि, प्रधानमन्त्री मे भने राष्ट्रपति ट्रम्पको भ्रमणका क्रममा अमेरिकासँग स्वतन्त्र व्यापार सम्झौताको वातावरण बनाउने कोशिसमा छिन् । बेलायत र अमेरिकाका लागि ब्रेक्जिट एक अवसर बन्ने उनको धारणा छ । लण्डनमा राष्ट्रपति ट्रम्पले भने हजारौं असन्तुष्टको विरोधको सामना गर्नुपरेको छ ।

Share.

Leave A Reply