play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

उपराष्ट्रपति कप राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने चितनवको महिला टोलीलाई विदाई

0

२८ असार । उपराष्ट्रपति कप राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने चितवनको महिला टिमलाई बिहीबार विदाई गरिएको छ । मकवानपुरको हेटौंडामा भइरहेको प्रतियोगितामा सहभागिता जनाउने रोशनी लिम्बुको कप्तानीमा रहेको टोलीलाई चितवन जिल्ला फुटबल संघले भरतपुरमा विदाई गरेको हो । १८ सदस्यीय महिला टिमको प्रशिक्षक तथा टिम व्यवस्थापकमा वीरेन्द्र पाण्डे रहेका छन् । टिममा पूजा राना, अनिता महतो, सम्झना थापा, सरिना महतो, अन्सिका गुरुङ, अनिसा गुरुङ, अलिसा महतो, उमा राना, सनम थापा, विद्या दराई, निरु महतो, रविना महतो, सञ्जु कुमाल, प्रेरणा भुसाल, दिलमाया महतो, अइस्का महतो र सुनिता गुरुङ रहेका छन् । जम्मा ६ दिनको प्रशिक्षणबाट टिम तयार गरिएको प्रशिक्षक पाण्डेले जानकारी दिए । चितवनको टोलीले शुक्रबार अपराह्न ४ बजे सुर्खेतको महिला टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
चितवनका विभिन्न क्षेत्रबाट डाकिएको बन्द प्रशिक्षणमा सहभागी ४५ जनाबाट १८ जना छानिएको चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए । चितवनको टिमलाई हाल अष्ट्रेलिया बस्दै आएका भरतपुर कृष्णपुरका फुटबलप्रेमी प्रकाश प्रसाईंले प्रायोजन गरेको छ । उनले चितवनको टिमलाई जर्सी, ट्रयाक र टिसर्ट प्रदान गरे । कार्यक्रममका प्रमुख अतिथि चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामाले जिल्लामा फुटबल गतिविधि बढेको हेर्न चाहेको बताए । नेपाल खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष विनोदबाबु रिजालले चितवनमा ग्रासरुट फुटबल विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले बनाउने बनेको प्रदेशस्तरीय टेक्निकल सेन्टरका लागि काम गर्नुपर्ने बताए । कार्यक्रमको अध्यक्षता गरेका चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले यु–१८ फुटबल टिम बनाउनका लागि छनोट स्वरुप उपराष्ट्रपति कप आयोजना गरिएकाले यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको बताए ।

Share.

Leave A Reply