play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

सरकारको प्राथमिकता क्षेत्रमा लगानी गर्न अध्यक्ष दाहालको विश्व बैंकलाई आग्रह

0

२८ असार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले आर्थिक समृद्धिको यात्रा तय गरेकाले थप लगानीका लागि विश्व बैंकलाई आग्रह गर्नुभएको छ ।

शिष्टाचार भेटका लागि आज उहाँकै निवास पुगेको विश्व बैंकका प्रतिनिधिलाई सो आग्रह गर्नुभएको हो ।

बैंकका प्रतिनिधि तथा देशीय निर्देशक हदाद–जर्वोसलाई आर्थिक समृद्धिका लागि सहयोग गर्न अध्यक्ष दाहालले आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले नेपालको इतिहासमा ७० वर्षपछि राजनीतिक स्थिरता कायम भएको उल्लेख गर्दै आर्थिक विकासका लागि सुवर्ण अवसर भएको बताउनुभयो ।

उहाँले नेपालको समृद्धिको अभियानमा आफूहरुले विश्व बैंकबाट सल्लाह, सहयोग र सहकार्य चाहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “हामीसँग तीन वटा (स्थानीय, प्रादेशिक र संघीय) सरकार रहेका छन् । हामी हाम्रा प्राथमिकता निर्धारण गर्छौं । जनताले प्रत्यक्ष अनुभूत गर्ने विकास योजना नै हाम्रा प्राथमिकतामा रहनेछन् ।”

उहाँले नेपालको विकासका प्राथमिकतामा ठूला जलविद्युत् परियोजना र पर्यटनका साथै मुख्यरुपमा कृषिमा आधारित उद्योग नै रहेको बताउनुभयो ।

Share.

Leave A Reply