play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

इङल्याण्डलाइ हराउदै क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेश

0

असार २८ । इङ्ल्यान्डलाई हराउँदै क्रोएसिया रुसमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा गएराति भएको सेमिफाइनलमा इङ्ल्यान्ड अतिरिक्त समयमा २-१ ले पराजित भयो ।खेलको पाँचौ मिनेटमै इङ्ल्यान्डले अग्रता लियो । डि एरिया नजिक पाएको फ्रि किक अवसरमा किरण ट्रिपियरले गोल गर्दै इङ्ल्यान्डलाई सुरुवाती अग्रता दिएका हुन् ।दोस्रो हाफमा क्रोएसियाले एक गोल फर्कायो । ६८ औं मिनेटमा सिमे भ्रसाल्कोको पासमा ईभान पेरिसिचले गोल गर्दै टोलीलाई खेलमा फर्काएका हुन् ।निर्धारित ९० मिनेटको समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुग्यो । थपिएको समय सकिन ११ मिनेट बाँकी छँदा क्रोएसियाले एक गोल थप्यो ।
ईभाँ पेरिसिचको पासमा भेट्रान स्ट्राईकर मारियो मान्डुकिचले उक्त गोल गरेका हुन् । मान्डुकिचको सोही गोल क्रोएसियालाई विश्वकपको फाइनलमा पु¥याउन निर्णायक बन्यो ।पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाले अब उपाधिका लागि आइतबार फ्रान्सको सामना गर्नेछ ।प्रतियोगिताको पहिलो सेमिफाइनलमा बेल्जियमलाई हराउँदै फ्रान्स तेस्रो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।पराजित टोली इङ्ल्यान्डले भने तेस्रो स्थानका लागि शनिबार बेल्जियमसँग खेल्नेछ ।

Share.

Leave A Reply