play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाहरुको ‘स्प्रेड’ दर साढे ४ प्रतिशतमा झर्‍यो

0

असार २७ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।गभर्नर डा. चिरञ्जिवी नेपालले बुधबार राजधानीमा केही समययता देखिएको तरलता समस्या समाधान गर्ने कार्यक्रमसहित मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने विद्यमान अनिवार्य नगद अनुपात सबै वित्तीय संस्थालाई ४ प्रतिशतमा झारिएको छ ।यसअघि, वाणिज्य बैंकका लागि ६ प्रतिशत, विकास बैंकका लागि ५ प्रतिशत र वित्त कम्पनीका लागि ४ प्रतिशत रहेको थियो ।अनिवार्य नगद अनुपातमा गरिएको कटौतीबाट करिब ८ अर्ब रुपैयाँ तरलता थपिनुका साथै बैंकहरुको आधार दरमासमेत कमी आउने विश्वास राष्ट्र बैंकको छ ।
वैधानिक तरलता अनुपात वाणिज्य बैंकहरुका लागि १२ प्रतिशतबाट १० प्रतिशत, विकास बैंकका लागि ९ प्रतिशतबाट ८ प्रतिशत र वित्त कम्पनीहरुका लागि ८ प्रतिशतबाट ७ प्रतिशत कायम गरिएको छ ।अन्तिम ऋणदाता सुविधा दरकारुपमा रहेको बैंक दरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिएको छ ।अधिकांश विकास बैंक र वित्त कम्पनीहरु पनि तोकिएको चुुक्तापुुँजी पुुर्‍याउने प्रक्रियामा रहेका राष्ट्र बैंकले जनाएको छ ।‘स्प्रेड’ दरलाई पनि ५ प्रतिशतबाट घटाएर साढे ४ प्रतिशतमा झारिएको छ ।मौद्रिक नीतिमा सेयरको धितोमा प्रवाह हुने ‘मार्जिन’ प्रकृतिको कर्जामा कर्जाको सुरक्षणका लागि राखिएको सेयरको मूल्य २० प्रतिशतभन्दा बढीले घटेमामात्रै ‘मार्जिन कल’ गर्न पाउने व्यवस्था गरिएको छ ।पुर्नकर्जा कोषको सीमा ३५ अर्ब पुर्‍याइएको छ ।माध्यमिक तहका विद्यार्थीलाइ बैंक खाता खोल्न प्रोत्साहन गरिने जनाइएको छ ।राष्ट्र बैंकले निक्षेपको सुरक्षण ३ लाख पुर्‍याएको छ ।

Share.

Leave A Reply