play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

थाइल्याण्डको गुफाबाट उद्धार गरिएका बालकहरु विश्वकप फाइनल हेर्न रुस जान नसक्ने

0

असार २६, थाइल्याण्डको गुफाबाट उद्धार गरिएका फुटबल टिमका बच्चाहरुलाई फिफा विश्वकपको फाइनल नहेर्न भनिएको छ ।मंगलबार मात्रै गुफाबाट निकालिएका बच्चाहरुलाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको स्वास्थ्य अवस्थाका कारण विश्वकप हेर्न रसिया जान नमिल्ने चिकित्सकले बताएका छन् । दुई सातासम्म गुफा भित्रै थुनिएर बसेका उनीहरुलाई लामो प्रयासपछि उद्धार गरिएकाले उनीहरुलाई अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ ।
उनीहरुलाई ब्राजिलियन फुटबलर रोनाल्डो, इंङ्ग्ल्याण्डका जोन स्टोन्स र अर्जेन्टिनाका लियोनल मेस्सीले शुभकामना पनि दिएका छन् । फिफाका अध्यक्ष जियानी इनफान्टिनोले सबै बच्चाहरुको फुटबल टिमका सदस्यलाई विश्वकपको फाइनल खेलका लागि आमन्त्रण दिएका थिए ।चिकित्सकहरुका अनुसार उनीहरुको स्वास्थ्य अवस्था ठीक भए पनि एक सातासम्म अस्पतालमै बस्नुपर्ने छ ।

Share.

Leave A Reply