play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

‘बाबु कान्छा’ले दर्शकको मन जित्ने निर्माण पक्षको दावी

0

असार २३, चलचित्र ‘बाबु कान्छा’ यही असार २९ गतेदेखी देशभर एकै साथ प्रदर्शन हुँदैछ । चलचित्र प्रदर्शनको मिति नजिकिएसंगै चलचित्र युनिट यतिबेला प्रचार–प्रसारलाई तिव्रता दिएको छ । चितवनमा पत्रकार सम्मेलन गरी चलचित्र निर्माण पक्षले चलचित्र दर्शकले मन पराउने विश्वास गरेको छ ।चलचित्रका कार्यकारी निर्माता तथा संचारकर्मी रवि अधिकारीले समाजमा घटेका युवा पुस्ताको कथालाई चलचित्रमा समेटिएकोले दर्शकले मन पराउनेमा विश्वस्त रहेको बताए ।

‘बाबु कान्छा’ चलचित्रलाई चर्चित निर्देशक शोभित बस्नेतले निर्देशन गरेका हुन् भने उनै शोभितले चलचित्रको लेखक र निर्माता पनि हुन् । यस चलचित्रमा सलोन, करिश्मासंगै रितिक शाही, सरोज खनाल, निर शाह, सम्राट सापकोटा, राजाराम पौडेल, लय संग्रौला, मञ्जु पौडेल, शुसान्तकुमार श्रेष्ठलगायत कलाकारहरुको अभिनय रहेको छ ।यस चलचित्रको चितवनको विभिन्न स्थानमा समेत छायाँकन गरिएको छ ।

Share.

Leave A Reply