play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

डा. केसीको समर्थनमा भरतपुरमा चिकित्सकहरूको प्रदर्शन

0

असार २२,
चिकित्सा शिक्षामा सुधारको माग राखेर जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा शुक्रबार बिहान भरतपुर अस्पतालमा चिकित्सकहरूले प्रदर्शन गरेका छन् । नेपाल चिकित्सक संघ चितवन शाखाको आह्वानमा उनीहरूले बिहान १० बजेदेखि १५ मिनेटसम्म प्रदर्शन गरे ।
केसीका माग पुरा गराउन र उनको जीवन रक्षाका लागि  यस्तो प्रदर्शन दिनदिनै गर्ने सचिव डा. भोजराज अधिकारीले जानकारी दिए । संघका केन्द्रीय सदस्य डा. कृष्ण पौडेलले केसीको माग पुरा भए सर्वसाधरण नेपालीको हित हुने र चिकित्सा क्षेत्रलाई व्यवस्थित बनाउने बताए । सरकारले ल्याएको विधेयकले चिकित्सा क्षेत्रलाई अव्यवस्थित बनाउने उनको भनाइ थियो । सरकारले केसीका माग नसुने संघले कडा आन्दोलन गर्ने उनले बताए ।

Share.

Leave A Reply