play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

मानिस पृथ्वीमा नभएर अन्तरिक्षमा जन्मेको भए के हुन्थ्यो ?

0

मानिसहरुको उत्पति अफ्रिकाको ग्रेट रिफ्ट उपत्याकाबाट भएको हो भन्ने विस्वास गरिन्छ । करिब ५ मिलियन वर्ष अगाडी अफ्रिकामा एउटा एपोलिक प्रजाति दुईवटा विशेषता बिच बिकसित भयको थियो । जुन विशेषताले एपलाई दुई फरक प्रजातिमा बिभाजित गर्यो । उक्त प्रजातिमा चार ओटा दातको छेउमा दायाँ र बायाँ एक-एक ओटा कुत्ते दातँ थियो र दुई ओटा खुट्टाले हिड्न सक्थ्यो । वैज्ञानिकहरूले यी प्रारम्भिक मानव प्रजातिकाहरूलाई अस्ट्रालोपिथेसिनको रूपमा लिन्छन् । मानिसहरु वर्षौ देखि पृथ्वीमा बसोबास गरिरहेका छन । http://www.howmanypeopleareinspacerightnow.com/ को अनुसार अहिले अन्तरिक्षमा ६ जना मानिस रहेका छन । भविष्यमा यो पनि सम्भब छ कि कुनै दिन एक गर्भवती महिलाको अन्तरिक्षको यात्रा हुन सक्छ र शून्य-गुरुत्वाकर्षण वातावरणमा कुनै व्यक्तिको जन्म हुने छ । यो परिदृश्य धेरै टाढाको हो यदि यो कुरा भयो भने के हुने छ ? यसले कस्तो प्रभाव पार्ने छ ? के उक्त वच्चाको बाच्न सम्भब छ ? यो विषयको सेरोफेरोमा यो लेख प्रस्तुत हुने छ । स्पेसमा विकास हुने भ्रूणले धेरै समस्याहरूको सामना गर्नु पर्ने भय पनि महिलाले बच्चालाई जन्म दिन सक्ने छिन । बच्चाको जन्म अन्तरिक्षमा हुनु अपेक्षाकृत सामान्य हुनेछ । people in space साधारणतय थाहा भयको कुरा हो कि कुनै पनि प्रकारको मांसपेशी विकासको लागि मांसपेशिहरुमा स्ट्रेसको आवश्यकता पर्ने छ । पृथ्वीमा भयको गुरुत्वाकर्षणले उक्त स्ट्रेसको काम गर्दछ ।

जब हामी कुनै पनि सामान वा आफ्नो अङ्गहरु उठाउनु हुन्छ भने उक्त कुरा कति गर्हौ छ भन्ने कुरालाई हाम्रो मांसपेशीको गुरुत्वाकर्षण र उक्त बस्तुको गुरुत्वाकर्षण कति छ भन्ने कुरामा भर पर्छ । त्यसैले अन्तरिक्षमा सुन्य गुरुत्वाकर्षण भयको हुनाले हाम्रो मांसपेशीहरु पृथ्वीमा जति विकास भयका छन त्यतिनै रुपमा अन्तरिक्षमा हाम्रा मांसपेशीहरु विकास हुन सक्दैनन । त्यसैले खुट्टा र अन्य अङ्गहरुले पृथ्वीमा राम्रोसंग काम गर्न सक्दैनन भने अन्तरिक्षमा जन्मियका बच्चाहरुको मुटुले पृथ्वीको गुरुत्वाकर्षण अनुसार रगत पम्प गर्न सक्ने छैन । मांसपेशीको विकास जस्तै हड्डिको विकासको लागि पनि गुरुत्वाकर्षणको आवश्यकता पर्दछ । गुरुत्वाकर्षणको मद्दतले हड्डिलाई बलियो बनाउन महत्वपूर्ण भुमिका खेल्दछ । अन्तरिक्षमा गुरुत्वाकर्षण नहुने हुदा वच्चाको हड्डिको विकासमा नकरात्मक असर पर्ने छ भने हड्डिहरु कमजोर हुने छन । १. मासपेशी र खुट्टाहरु सजिले भाच्न सकिने र हड्डिहरु कमजोर हुन्छ । २. शरीरको वजन नहुने हुदा खुट्टाको विकास कम हुने छ । ३. खप्परको भने बलियो हुने छ । किनकी गुरुत्वाकर्षणको कमीले रगतलाई सजिलै शरीरलाई हस्तान्तरण गर्न सकिन्छ र नतीजा, खप्परले बढी दबाब पाउनेछ र बाक्लो हुन्छ । ४. हातको बिकास भने साधारणतय पृथ्वीको जस्तै हुने छ किनकी प्राय: हातहरुले उस्तै काम गर्ने छन । मानिसको शरीर आकर्षक छ । यो कसरी बढ्छ र यसको विकास कस्तो हुने छ भन्ने कुरा डि.एन.ए मा निर्भर रहन्छ । डि.एन.ए. को अन्वेषण १८६९ मा भएको थियो ।

Share.

Leave A Reply