play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

मृत्यु पछि यस्तो हुन्छ मान्छेको शरीर

0

संसारका सबै जीवित प्राणीहरु मरणशील हुन्। हुन त मृत्यु सबै भन्दा डर लाग्दो प्राकृतिक अवस्था हो तर मान्छे होस् या अन्य जीवजन्तु जीवन पछिको मरणलाई सबैले स्वीकार्छौं। मनाव शरीरको अन्त्य संगै हामीले सुरक्षित तरिकाले आफ्नो आफ्नो संस्कार अनुसार व्यवस्थापन पनि गर्छौं। आजको पोस्ट शरीरको Decomposition Process मा केन्द्रित रहने छ। मान्छेको सास रोकिएको केहि समयपछि शरीर चिसो हुन थाल्छ।मरेको समयदेखि प्रत्येक घण्टा ०.८ डिग्री सेल्सियसले मान्छेको मृत शरीर चिसिन थाल्छ। फोक्सोले अक्सिजन लिन छोडेपछि शरीरमा रहेको कोषहरु विस्तारै निष्क्रिय हुन थाल्छन भने मुटुले पनि रक्तसंचारको काम बन्द गर्छ ।तर अक्सिजनको कमीले यति चाडै कोषहरु भने नास हुदैनन् । मृत्यु पश्चात पनि केहि मिनेटसम्म शरीरका केहि कोषहरु क्रियाशील नै रहन्छन।कोषहरुले अझै पनि कार्बनडाईअक्साइड उत्पादन गरिरहेको हुन्छ जसले गर्दा कोषको एसिडीटि बढ्छ । कोषमा रहेको एञ्जाइमहरु शरीरभरि फैलिएर अन्य कोष हरुलाई समेत असर गर्न थाल्छ। कसै कसैलाई मृत्यु पश्चात मांसपेशी रिल्याक्स हुने भएकोले दिसा वा पिसाब समेत लाग्ने गर्छ। केहि घण्टापछि फुटेका रक्तनली हरुबाट रगत बग्न थाल्छ र शरीरको अन्य अंगहरुमा रगत राम्रो संग संचार हुँदैन ।

यदि मृतक भुइमा सुताइएको छ भने रगत शरीरको तल्लो भाग तिर बग्न थाल्छ जसको कारणले मृतकको शरीरको रंग पहेलो र फिक्का हुन्छ।मृत्यु भएको २ देखि ६ घण्टा भित्र Rigor Mortis भन्ने प्रकृय सुरु हुन्छ जसमा प्रोटिन फिलामेन्टको कारणले मांसपेशीहरु कडा हुन थाल्छन । शरीरको कोष मरिसकेको हुनाले मृत शरीर कठ्यनग्रिञ्छ। शरीरको यो कठोरपन लगभग तिन दिन सम्म रहन्छ। केहि दिन पछि पेटमा रहेको ब्याक्टेरियाले मांशपेशीको तन्तु र कोषहरु नस्ट गर्दै पानिको मात्र बढाउन थाल्छ जसले गर्दा शरीर बाट मिथेन (Methane)र हाइड्रोजन सल्फ़ाइड (Hydrogen Sulfide) जस्ता ग्यास निस्किन्छ जसले गर्दा दुर्गन्ध आउन थाल्छ। यो प्रकियालाइ Putrefaction भनिन्छ। ग्यास चापले गर्दा शरीरमा पानीको मात्र बढेसंगै शरीरबाट प्रशस्त पानि बग्न थाल्दछ। कुनै कुनै बेला अत्याधिक चापको कारणले मृतकको पेट फाट्ने समेत हुन्छ। शरीरबाट निस्केको दुर्गन्धको कारणले झिंगाहरु सजिलै बस्छन र फुल्दछन। त्यसको केहि दिन पछि सडेको शरीरमा किरा पर्न थाल्दछ र अन्य किरा हरु समेत आकर्षित हुन् थाल्छन । २० देखि ५० दिन पछि शरीरको सबै मासुहरु जमिनमा बिलाउछ जुन प्रक्रियालाइ Butyric Fermentation भनिन्छ। केहि वर्ष पछि सबै शरीर विभिन्न जीव जन्तु ,किरा फट्यांग्राहरुले खान्छन र कंकालमात्र बाँकी रहन्छ।

Cemetery Die Skull Bone Death Teeth Genoa

Share.

Leave A Reply