play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

हास्य कलाकार आचार्य चढेको कार दुर्घटना, आचार्य सकुशल

0

चैत १७,
हास्य कलाकार हरिवंश आचार्यको कारलाई बसले ठक्कर दिएको छ । आचार्यले चलाएको बा १३ च १२२९ नम्बरको कारलाई पछाडीबाट आएको बसले ठक्कर दिएको हो । सर्वोच्च अदालत अगाडी रामशाहपथमा उहाँको गाडीलाई बसले ठक्कर दिएको हो ।
बसको ठक्करबाट उहाँको कारको पछिल्लो भागमा क्षति पुगेको छ । आचार्यले कारमा क्षति पुगेको र आफु चाहिँ सुरक्षित रहेको जानकारी दिनुभयो ।
गाडी गुडिरहेको अवस्थामा एक जना व्यक्तिले सडक काटेपछि दुर्घटना भएको उहाँले बताउनुभयो । एक पैदल यात्रीलाई बाटो काट्ने मौका दिँदै गर्दा पछिबाट आएको बसले कारलाई ठक्कर दिएको आचार्यले जानकारी दिनुभएको छ ।

Share.

Leave A Reply