play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

विश्वकपमा नक आउट चरणका खेलहरु हुँदैः मेस्सी र रोनाल्डो धेरैको रोजाइमा

0

असार १६ । रुसमा जारी विश्वकप फुटबलको नक आउट चरणका खेलहरु आजबाट सुरु हुँदैछन् ।राउण्ड अफ सिक्सटिनको पहिलो खेलमा आज वेलुकी अर्जेन्टिना र फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ८ वजे सुरु हुनेछ ।अर्जेन्टिना समुह डि को उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो भने फ्रान्स समुह सि को विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो ।दुई पटकको विश्व विजेता अर्जेन्टिना तथा एक पटकको च्याम्पियन फ्रान्सविचको यो खेल निकै रोचक हुने अनुमान छ ।अर्जेन्टिना र फ्रान्सबीच अलिहेसम्म ११ खेल भएका छन् । जसमा अर्जेन्टिना ६ पटक विजयी हुँदा फ्रान्सले ३ खेल जितेको छ । बाँकी २ खेल बराबरीमा सकिएका छन् ।
आजै राती पौने १२ वजे उरुग्वे र पोर्चुगल भिड्नेछन् । उरुग्वे समुह ए को विजेताको रुपमा तथा पोर्चुगल समुह बि को उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेका हुन् ।समुहका सबै तीन खेल जितेको उरुग्वेले एक गोल पनि खाएको छैन भने ५ गोल गरेको छ । दुई पटक विश्वकप जितेको उरुग्वेले १५ पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।उता, पोर्चुगल पनि साविक युरोपियन च्याम्पियन हो । समुहको पहिलो खेलमा स्पेनसँग ३-३ गोलको बराबरी खेलेको पोर्चुगलले दोस्रो खेलमा मोरक्कोलाई १-० ले हराएको थियो ।तेस्रो तथा अन्तिम खेलमा ईरानसँग १-१ गोलको बराबरी खेल्दै पोर्चुगल नक आउट चरणमा पुगेको हो ।पोर्चुगलले अहिलेसम्म विश्वकप फुटबलको उपाधि जित्न सकेको छैन ।उरुग्वे र पोर्चुगलले अहिलेसम्म दुई पटक भिडेका छन् । जसमा पोर्चुगल एक पटक विजयी भएको छ भने एक खेल बराबरीमा टुंगिएको छ ।

Share.

Leave A Reply