play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

प्रधानमन्त्रीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने

0

असार १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सदनलाई जानकारी गराउने उद्देश्यले प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन ।उनले हिजै प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने तय भए पनि अन्तिम समयमा आएर रोकिएको थियो ।प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेलमार्ग, उर्जा, जलस्रोतलगायतका विषयमा सहमति भएको थियो ।चीन भ्रमणमा जानुअघि पनि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा र राष्ट्रियसभालाई सम्बोधन गर्दै आफ्ना एजेन्डाबारे जानकारी दिएका थिए ।

Share.

Leave A Reply