असार ५ । मिडिया सोसाइटी नेपालका अध्यक्ष पुष्करलाल श्रेष्ठले सो पदबाट राजीनामा दिएका छन् ।आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले राजीनामा दिएको जनाएका हुन् ।मुलुकमा अनेकौं राजनीतिक परिवर्तन भइसक्दा पनि पत्रकारितामा राजनीतिक ‘सिन्डिकेट’ हाबी हुन नछाडेको र सरकारलेसमेत संस्थागतरुपमाभन्दा राजनीतिक पार्टीसँग आबद्ध पत्रकारहरुलाई नै प्रोत्साहन एवं प्रश्रय दिने प्रचलन नहटेको’ उनले राजीनामापत्रमा उल्लेख गरेका छन् ।एकजना व्यावसायिक र स्वतन्त्र पत्रकारको हैसियतले पत्रकारितासँग सम्बन्धित संघ–संस्थामा रहेर निष्पक्षरुपमा कार्यसम्पादन गर्न नसकिने देखिएकाले आफूले राजीनामा गर्नुपरेको श्रेष्ठले उल्लेख गरेका छन् ।
मिडिया सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठले दिए राजीनामा
0
Share.