५ असार– नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको चौथो राष्ट्रिय भेला आजदेखि हेटौंडामा शुरू भएको छ । तीन दिनसम्म चल्ने भेलामा सहभागी हुन पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरू हेटौंडामा भेला भएका छन् ।
जिल्ला सभापितहरूको चौथो राष्ट्रिय भेलाको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको छ ।
कांग्रेसमा जिल्ला सभापतिहरुको भेलालाई मिनी महासमितिका रूपमा हेरिएको छ । विधान संशोधनका लागि बोलाइएको भेलामा जिल्ला सभापतिहरूले पार्टीको पराजय, गुट, उपगुट, टिकट वितरण, विधान विपरीतका कार्य, प्रतिपक्ष दलको कमजोर भूमिका र सरकारका गलत कदमका विषयमा धारणा राख्ने भएका छन् ।