चैत १५,
प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले निर्वाचन आचारसिंहता विपरीत कामकारवाही गरिरहेको भन्दै निर्वाचन आयोगमा आज लिखित उजुरी दिएको छ । उपप्रधान तथा गृहमन्त्रीले हेलिकप्टर प्रयोग गरेर पार्टीको समेत काम गरेको, संसदबाट बजेटमा पारित नभएका आयोजनाहरुमा रकम दिएर सरकारी व्यक्तिहरुको आचारसंहिता उल्लंघन भएइरहेको उल्लेख गरेको छ । एमाले संसदीय दलको उपनेता सुवास नेम्बाङको टोलीले प्रमुख निर्वाचन आयुक्तसहितका आयोग पदाधिकारीलाई भेटी आचार संहिता पालनामा ध्यानाकर्षण गराएका हुन् ।
यस्तै
एमाले चुनावका लागि भर्ना गरिने म्यादी प्रहरीको मापदण्ड समेत स्पष्ट नभएकाले यसमा विशेष ध्यान दिन आयोगसँग आग्रह गरेको छ । म्यादी प्रहरी भर्नामा पनि निष्पक्षता कायम हुने गरी आयोगले सचेतता अपनाउनुपर्ने र भर्ना प्रक्रियालाई अनुगमन गर्न एमाले नेताहरुले ध्यानाकर्षण गराएका छन् । त्यस्तै गरी केही जिल्लाहरुमा मतदान केन्द्र निर्धारण गर्दा सत्तारुढ दलहरुले आफु अनुकुल गर्न खोजेको समेत पाइएकोले आयोगले पुनर्विचार गर्नुपर्ने एमालेको माग छ ।
यसैबिच
निर्वाचन आयोगले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आचारसंहित विपरीत काम गरेको उजुरी परेपछि गृहमन्त्रालयसंग स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आयुक्त सुधीरकुमार शाहले आचारसंहिता उलंघनको उजुरी परेपछि आयोगले स्पष्टिकरण मागेको जानकारी दिनुभयो ।
आचारसंहिता उलंघन भएको भन्दै एमालेको उजुरी
0
Share.