play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

जर्मनीविरूद्धको गोलले मेक्सिकोमा भूकम्प!

0

असार ४ ,आइतबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई १ गोलले हराएर मेक्सिकोले विश्वकप फुटबलमा सानदार सुरूवात गरेको छ।

हिर्भिङ लोजानोले खेलको पहिलो हाफमा मेक्सिको लागि गोल गरेका थिए। उनले खेलको ३५ औं मिनेटमा गोल गरेर मेक्सिकोलाई अग्रता दिलाएका हुन्। काउन्टर एट्याकमा उनले गोल गरेका थिए।

उनले गोल हानेलगत्तै मेक्सिको शहरमा भूकम्पको कम्पन महशुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। समर्थनहरू खुसीले एकैसाथ उफ्रिँदा कम्पन भएको हुन सक्ने विश्लेषण गरिएको छ।

Share.

Leave A Reply