play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

भारतको जम्मु कश्मीरमा सम्पादकको गोली हानी हत्या

0

जम्मु कश्मीरमा भारतका वरिष्ठ पत्रकार एवम् ‘राइजिङ कश्मीर’ का सम्पादकको गोली हानी हत्या भएको छ ।

बिबिसीका अनुसार राजधानी श्रीनगरमा बिहिबार सम्पादक सुजात बुखारीको गोली हानी हत्या भएको हो।

प्रहरी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ४८ वर्षका बुखारी श्रीनगरको लालचोक सिटी सेन्टरबाट एउटा पार्टीमा जाँदै गर्दा अज्ञात समूहद्वारा गोली प्रहार भएको थियो।

मोटरसाइकलमा आएका आक्रमणकारीको प्रहारबाट सम्पादक बुखारीमाथि अन्धाधुन्द गोली हानिएको समाचारमा जनाइएको छ। गोली प्रहारबाट उनका निजी सुरक्षाकर्मीकोसमेत ज्यान गएको छ।

अहिलेसम्म कसैले हत्याको जिम्मा नलिए  पनि काश्मीर प्रहरीले संदिग्ध हमलाकारीको तस्बिर सार्वजनिक गरेको छ।

Share.

Leave A Reply