play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

यमनमा भएको आक्रमणमा २६ जना मारिए

0

जेठ ३१ – यमनको विद्रोही नियन्त्रणमा रहेको मुख्य तटीय क्षेत्रमा भएको आक्रमणमा २६ जना मारिएका छन् । मारिनेमा ४ संयुक्त अरब ईमिरेट्सका सेना तथा २२ हुथी विद्रोही रहेको बीबीसीले उल्लेख गरेको छ ।

हुथी विद्रोही माथि नौसेना र वायुसेनाले कार्बाही सुरु गरेका हुन् । आक्रमणको गति निरन्तर रहे सो क्षेत्रमा मानवीय विपत्ति आउन सक्ने सहयोग एजेन्सीले उल्लेख गरेका छन् ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले यमनबारे छलफल गर्न आज आकस्मिक बैठक डाकेको छ । हुदेदेह तटीय क्षेत्र नै यमनमा सहयोग सामाग्री पुर्‍याउने मुख्य नाका हो । ८० लाख भन्दा बढि मानिस यमनको युद्धग्रस्त क्षेत्रमा जिवनका लागी आवश्यक आधारभुत आवश्यकताका सामाग्रीविहीन जीवन जिउन बाध्य छन् ।

Share.

Leave A Reply