play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

जिल्ला स्तरिय ट्वान्टि ट्वान्टि नकाउट क्रिकेट प्रतियोगितामा आज दुइ खेल सम्पन्न

0

जिबन रानाभाट
जेठ ३०, जीवनाथ कोईराला स्मृति जिल्ला स्तरिय ट्वान्टि ट्वान्टि नकाउट क्रिकेट प्रतियोगितामा आज दुइ वटा खेलहरु सम्पन्न भएका छन् ।ग्रामिण बिकाश युवा क्लवले भरतपुर १४ राधापुरमा सञ्चालन गरेको आजको पहिलो खेलमा चितवन मेडिकल कलेज ए ले फुलबारी क्लबलाइ ३७ रनले पराजित गरेको छ निर्धारित २० ओभरमा चितवन मेडिकल कलेजले ८ विकेटको क्षतिमा १४८ रन बनाएको थियो १४९ रनको लक्ष्य पाएको फुलबारिले १५ ओभरमा अलआउट हुदै ११२ रन मात्र बनाएको थियो । त्यस्तै आजै भएको दोस्रो तथा आजको अन्तिम खेलमा भरतपुर २२ ले दिव्यनगरलाइ ५ रनले पराजित गरेको छ निर्धारित ओभरमा भरतपुर २२ ले ८ विकेटको क्षतिमा १५८ रन बनाएको थियो १५९ रन को लक्ष्य पाएको दिव्यनगरले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १५३ रन मात्र बनाएको थियो भोलिपनि ३ वटा खेल हुदै छन् ।३२ टिमको सहभागिता रहेको सो क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमले तिस हजार र द्धितिय हुने टिमले दस हजार मेडल र ट्रफि प्राप्त गर्ने क्लवका अध्यक्ष हरिशचन्द्र दाहाल जानकारी दिनुभयो।

Share.

Leave A Reply