play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

गुण्डागर्दी पूर्ण रुपमा अन्त्य गरिने गृहमन्त्री थापाको प्रतिवद्धता

0

जेठ ३० – गृहमन्त्री रामवहादुर थापाले गुण्डागर्दी पूर्ण रुपमा अन्त्य गरिने प्रतिवद्धता जनाउनुभएको छ । क्याटरिङ् व्यवसायी महासंघको प्रथम महाधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री थापाले मुलुकमा अब गुण्डाराज धेरै दिन नटिक्ने चेतावनी दिनुभयो ।

आफ्नो व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई, डर धम्की र त्रास मार्फत चन्दा असुली गर्नेलाई गृहमन्त्रालयले नछाडने उहाको प्रतिवद्धता थियो ।
व्यवसायीको जिउ धन र व्यवसायीक सुरक्षाका लागि सरकार कटिवद्ध रहेको वताउदै मन्त्री थापाले यस किसिमको गतिविधि गर्नेको सूचना गृहमन्त्रालयमा दिन व्यवसायीहरुलाई आग्रह गर्नुभयोे ।

मन्त्री थापाले विकास र समृद्धिको बाधक अपराधिक गतिविधि, कुशासन र भ्रष्टाचार भएकोले सरकारले यी सबै वाधक तत्वलाई हटाउने लक्ष राखेको बताउनुभयो ।

Share.

Leave A Reply