जेठ ३० – हवाई सुरक्षामा प्रगति गरेको भन्दै अन्तर्रा्ष्ट्रिय नागरिक उड्यन प्राधिकरण आईकाओले नेपाललाई सम्मान गरेको छ ।
आईकाओका अध्यक्ष डा. ओलुमुइवा बेर्नाद अल्यूले पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई प्रमाणपत्र सहित सम्मान गर्नुभएको हो ।
आईकाओको मुख्य कार्यालय क्यानडामा आयोजित विशेष कार्यक्रममा संस्थाका अध्यक्ष अल्यूले कानुनको पालना सहित अन्तर्रा्ष्ट्रिय वायु सेवालाई सेवा सञ्चालन अनुमती दिने लगायतका काम गरेकाले सम्मान गरिएको बताउनुभयो ।
आईकाओले सन २००९ मा गरेको अनुगमनमा नेपालको विमानस्थल र वायु सेवा कमजोर रहेकोमा पछिल्लो समय उल्लेख्य सुधार गरेको जनाएको छ ।
यसले गर्दा युरोपेली युनियनले समेत नेपालको उडानमा सुधार भएकोमा प्रशंसा गरेको नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो ।