play_circle_outline On Air

संगिनी

play_circle_outline On Air

संगिनी

रुसमा भोलीदेखि विश्वकप फुटबल प्रतियोगिता सुरु हुदै,३२ टोली अहिले रुसका विभिन्न शहर पुग्दै

0

जेठ ३० । विश्वकप फुटबल सुरु हुन अब एक दिन मात्रै बाँकी छ । रुसमा भोली(बिहीबार) साँझ सुरु हुने विश्वकपका लागि सहभागि सबै ३२ टोली अहिले रुसका विभिन्न शहर पुग्दैछन् ।राजधानी मस्कोमा भव्य उद्घाटन समारोह पछि भोलि आयोजक रुस र एसियाली मुलुक साउदी अरबीयाबीच पहिलो खेल हुनेछ ।त्यसपछि विभिन्न १० शहरमा एक महिनासम्म चल्ने विश्वकप फुटबलमा कुल ६४ खेल हुनेछन् ।
यसैबीच विश्वकप फुटबलका लागि इङ्ल्यान्ड हिजो रुस पुगेको छ । रुसको सेन्ट पिटर्सवर्ग विमानस्थलमा ओर्लिएको इङ्ल्यान्डको टोली नजिकैको रेपिनो गाँउमा बस्नेछ ।इङ्ल्यान्डले समुह चरणका खेलहरु कालिनिन्ग्रादमा खेल्नेछ । इङ्ल्यान्डको पहिलो खेल आगामी सोमवार ट्युनिसिया विरुद्ध हुनेछ ।यसैगरी इङ्ल्यान्डले समूह चरणमा पानामा र बेल्जियमसँग पनि खेल्नेछ ।विश्वकप अघि खेलेका मैत्रिपूर्ण अभ्यास खेलहरुमा इङ्ल्यान्डले कोष्टा रिका र नाईजेरियालाई पराजित गरेको थियो ।

Share.

Leave A Reply