play_circle_outline On Air

को भन्दा को कम

play_circle_outline On Air

को भन्दा को कम

वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

0

३० जेठ, वरिष्ठ कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ ।आज बिहान दुई बजेतिर उनको निधन भएको हो ।उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञाभवनमा राखिँदै छ । कलाकार दीपकराज गिरिका अनुसार अहिले पशुपति आर्यघाटमा थापाको अन्तिम संस्कार गरिदै छ ।थापाले झण्डै एक सयवटा चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका छन् । वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए ।थापाको निधनमा धेरै कलाकारहरुले सामाजिक श्रद्धाञ्जली दिइरहेका छन् ।

Share.

Leave A Reply