play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

प्रतिनिधि सभाका सभामूख र उपसभामूख अहिले कुनै पनि पार्टीमा छैन : प्रचण्ड

0

जेठ २९ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाका सभामूख र उपसभामूख अहिले कुनै पनि पार्टीमा नभएको बताउनुभएको छ । आज बिहान भरतपुर बिमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै  पुर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘संविधानमा सभामूख र उपसभामूख एउटै दलको नहुने व्यवस्था छ । जतिबेला सभामूख र उपसभामूखको चुनाव भयो, त्यतिबेला उहाँहरु फरक पार्टीबाट नै त्यहाँ पुग्नुभो । अहिले सभामूख र उपसभामूख पनि कुनै पार्टीमा हुनुहुन्न । उहाँहरु दुवैले पार्टीबाट राजीनामा दिनुभएको छ ।’
प्रचण्डले प्रतिपक्षी कांग्रेसले सभामूख र उपसभामूख मध्ये एउटा आफूहरुले पाउनुपर्ने भन्दै गरेको मागको खण्डन गर्नुभयो । प्रचण्डले अहिलेको बजेट विकास र सुशासनको दीर्घकालीन महत्वलाई लक्षित गरेर आएको बताउनुभयो ।
कार्यकारी राष्ट्रपति देशका लागि आवश्यक रहे पनि तत्कालको एजेण्डा नभएको प्रचण्डले बताउनुभयो । आफ्ना घरभेटीको बचाउमा लागेको प्रचारको प्रचण्डले खण्डन गर्नुभयोे । उहाले भन्नुभयो, ‘ठेकेदारहरुले समयमा गुणस्तरीय काम गर्नुपर्छ, यसमा कसैसँग सम्झौता हुँदैन । गल्ती गरेको भए मेरो घरभेटीलाई पनि कार्वाही हुन्छ । राज्यभन्दा माथि कोही पनि छैन ।’
‘हामी मीडियालाई अंकुश लगाउने पक्षमा छैनौं । तर, अत्यन्तै भ्रामक समाचारहरु आउँदा चिन्ता लाग्छ’ प्रचण्डले भन्नुभयो, ‘मीडियाले आफ्ना लागि कोड अफ कन्डक्ट बनाउनुस, हुँदै नभएका झुटा समाचार लेखेर तपाईहरुको नै विश्वासनीयता घट्छ । प्रचण्डले गृहमन्त्रीलाई दवाव दियो भन्ने जस्तो झुटो समाचार केही होइन ।’

Share.

Leave A Reply