play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

अमेरिका र उत्तर कोरियाबीच ऐतिहासिक भेटवार्ता

0

जेठ २९ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको छ । दुई देशका नेताबीच एक्ला एक्लै बैठकपछि सामुहिक वार्ता भएको हो ।

सिंगापुरको सेन्तोसा टापुस्थित पाँच तारे होटलमा भएको वार्तामा भएका एजेण्डाबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन । सञ्चारकर्मीसँग संक्षीप्त प्रतिक्रिया दिदै राष्ट्रपति ट्रम्पले औपचारिक वार्ता सकिएको संकेत गर्दै केही सहमति पत्रमा हस्ताक्षर गर्न बांकी रहेको बताउनुभयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले नेपाली समायनुसार अपरान्ह पौने २ बजे पत्रकार सम्मेलन गर्ने बताएपनि सो सम्मेलन संयुक्त हुने नहुने बारे केही उल्लेख नभएको बीबीसीले जनाएको छ ।

दुई नेताले केही सम्झौता पत्रमा हस्ताक्षर गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले बताएपनि के कस्ता कागजपत्रमा हस्ताक्षर गर्ने खुलाईएको छैन । लामो समय वाकयुद्धमा उत्रिएका ट्रम्प र किमबीच हात मिलाएको दृश्यसँगै सुरु भएको एतिहासिक वार्ताप्रति अन्तराष्ट्रिय चासो खिचिएको छ ।

वार्ता सकारात्मक रहेको दक्षिण कोरियाली समाचार संस्था योनहापले उल्लेख गरेको छ । भेट प्रति दक्षिण कोरियाली राष्ट्रपति मुन जेय ईनले खुसी व्यक्त गर्नुभएको छ । आणविक निशस्त्रिकरणको प्रक्रिया लामो रहेपनि वार्ताले विश्वासको वातावरण श्रृजना गरेको उल्लेख गर्नुभएको छ ।

वार्ता अघि नेता किमले विश्वले आफुलाई नियालिरहेको बताउनुभएको थियो । बैठक प्रति अत्यन्त सकारात्मक अनुभुति भईरहेको प्रतिक्रिया दिनुभएको थियो । उत्तर कोरियाली समाचार संस्था केसिएनएले शिखर बैठकमा उत्तर कोरियाले स्थायी र दिगो शान्ति स्थापनाका लागी आवश्यक संयन्त्रबारे छलफल गर्ने जनाएको उल्लेख गरेको छ ।

जततउस्ररदष्त।थिरद्दव्ँन्ढक्त

Share.

Leave A Reply