प्रधानमन्त्री कप क्रिकेट: एपीएफ र प्रदेश नम्बर ५ बिजयी

0

जेठ २१, राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र प्रदेश नम्बर ५ बिजयी भएका छन् कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रदेश नम्बर २ लाइ डीएल मेथडमा ९६ रनले पराजित गरेको छ टस जितेर पहिले ब्याटिंग गरेको एपीएफले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३३९ रन बनाएको छ प्रतियोगिताको अहिले सम्म उच्च योगफल तयार पार्ने क्रममा प्रदिप एरि र सुबाश खकुरेलले शतक प्रहार गरेका छन् एरिले १३५ बलको सामना गर्दै १३ चौका र ८ छक्काको मद्दतमा १५८ रन बनाउदा खकुरेलले १३० बलको सामना गर्दै ७ चौका र २ छक्काको मद्दतमा १०३ रन बनाएका छन् बलिङ्ग तर्फ ९ ओभर बलिङ्ग गरेका दिब्यान्सु मल्लिकले १ मेडन राख्दै ८४ रन दिएर ५ विकेट लिएका थिए ३४० रनको लक्ष्य पाएर मैदान उत्रिएको प्रदेश २ लाइ बर्षा बाधक बन्यो बर्षा भएर केहि समय रोकिएको खेल बर्षा कम भएप पछि २८ ओभरमा २०२ रनको नया लक्ष्य दिइएको थियो तर प्रदेश २ ले २८ ओभरमा ९ विकेटको क्षतिमा १०५ रन बनाएपछि ९६ रनले एपीएफ बिजयी भएको हो
यस्तै त्यस्तै मूलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश नम्बर ५ ले ३ लाइ डीएल मेथडमा ३० रनले हराएको छ टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश ३ ले ४४.५ ओभरमा अलआउट हुदै १५२ रन बनाएको थियो १५३ रनको लक्ष्य पाएको प्रदेश ५ ले २०.५ ओभरमा ३ विकेटको क्षतिमा ८९ रन बनाउदा बर्षा भएपछी खेल रोकिएको थियो पछि बर्षा नरोकिएपछि डीएल मेथडमा प्रदेश ५ ३० रनले बिजयी भएको हो

Share.

Leave A Reply