play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

प्रधानमन्त्री कप क्रिकेट: एपीएफले प्रदेश नम्बर २ सामु ३४० रनको लक्ष्य पेश

0

जिबन रानाभाट

जेठ २१, राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगितामा अहिले पनि २ वटा खेल भैरहेका छन् कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रदेश नम्बर २ को सामना गर्दा मूलपानी क्रिकेट मैदानमा प्रदेश नम्बर ३ ले प्रदेश नम्बर ५ को सामना गरिरहेको छ त्रिवि क्रिकेट मैदानमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेसंगै प्रदेश नम्बर २ ले पहिले बलिङ्ग गरेको थियो एपीएफले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३३९ रन बनाएको छ प्रतियोगिताको अहिले सम्म उच्च योगफल तयार पार्ने क्रममा प्रदिप एरि र सुबाश खकुरेलले शतक प्रहार गरेका छन् एरिले १३५ बलको सामना गर्दै १३ चौका र ८ छक्काको मद्दतमा १५८ रन बनाउदा खकुरेलले १३० बलको सामना गर्दै ७ चौका र २ छक्काको मद्दतमा १०३ रन बनाएका छन् बलिङ्ग तर्फ ९ ओभर बलिङ्ग गरेका दिब्यान्सु मल्लिकले १ मेडन राख्दै ८४ रन दिएर ५ विकेट लिएका छन ३४० रनको लक्ष्य पाएको प्रदेश नम्बर २ ले अबको केहि समय मै जवाफी ब्याटिंग गर्दै छ
त्यस्तै मूलपानी क्रिकेट मैदानमा प्रदेश नम्बर ३ ले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेसंगै प्रदेश नम्बर ५ ले अहिले बलिङ्ग गरिरहेको छ

Share.

Leave A Reply