एक हजार र पाँच सय दरका नोट बन्द गरिनुपर्छ : पूर्वअर्थमन्त्री पाण्डे

0

जेठ १७ – पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आज चितवनको सौराहामा नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै एक हजार र पाँच सय दरका नोट बन्द गरिनुपर्ने बताउनुभएको छ ।

भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले, ‘नेपालमा भ्रष्टाचार एक हजार र पाँच सयको नोटमा टेकेर गरिएको र नोटकै कारण भ्रष्टाचार बढेको बताउनुभयो ।’
पाण्डेले देशमा भैरहेको भ्रष्टाचार रोक्न एक हजार र पाँच सय दरका नोट बन्द गरी नेपालमा एक सय रुपैयाँ दरको नोटमात्रै चलनचल्तीमा ल्याउनुपर्ने बताउनुभएको छ । एक सयका नोटका बण्डल बोकेर बोराका बोरा पैसा लिएर हिँड्न समस्या हुने र यसबाट भ्रष्टाचारमा कमी आउने हुनाले एक सयका नोट चलनचल्तीमा ल्याउनुपर्ने उहाको ठहर छ । फोटो पत्रकारहरुले फोटो बेचेर पैसा कमाउन सक्ने हुनुपर्ने नेता पाण्डेले सुझाव दिनुभयो ।

Share.

Leave A Reply