play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

बजेटमाथि संसदमा कांग्रेसको आरोपै आरोप जनतालाई निराश बनाइयो

0

जेठ १७ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले संसदमा पेश गरेको बजेटले जनतालाई निरुत्साहित बनाएको आरोप लगाएको छ । चर्को राष्ट्रवादको नारा छाडे जस्तै बजेटले चुनावी नारा छाडेको कांग्रेसको टिप्पणी छ ।

प्रतिनिधि सभामा बजेटमाथि बिहीवारबाट शुरु भएको सामान्य छलफलमा भाग लिँदै कांग्रेस नेता डा मीनेन्द्र रिजालले अर्थमन्त्री डा।युवराज खतिवडाले पेश गरेको बजेट प्राथमिकता बिहीन कार्यक्रमको फेहरिस्त भएको आरोप लगाएका हुन् ।

‘बजेटले निजी क्षेत्रको लगानी हतोत्साहित गराउने कार्यक्रम देखिन्छन् । आम नागरिक कर र ऋणको बोझामा पर्नेछन् । जनतालाई झनबढी निरुत्साहित गरेको छ’ रिजालले भने ।

रिजालले बजेट निर्माणको बिषयमा प्रमुख प्रतिपक्षी दलसंग कुनै छलफल नगरिएको गुनासो गरे । रिजालले बजेटले बिकृत पूँजीवादलाई बढवा दिने दावी गरे ।

‘चर्को राष्ट्रवादको नारा छाडे झै बजेटले चुनावी नारा छाडेको छ, कम्युनिट सृड्गाररस भरिएको कार्यक्रम बजेट प्राथमिकता विहीन छ’ उनले भने ।

रिजालले व्यक्तिको अहंकार र व्यक्तिको हठवाट समृद्धिको यात्रा शुरु हुन नसक्ने टिप्पणी गरे । संसदमा बजेट माथिको छलफल गरियोस भन्ने प्रस्ताव पेशगर्दै अर्थमन्त्री खतिवडाले बजेटले सीमान्तकृत समुदायलाई समेटेको बताएका थिए ।

Share.

Leave A Reply