play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

नारायणी इङ्ग्लिस पब्लिक स्कुलमा निर्वाचन सम्पन्न

0

जेठ ११, भरतपुर ११ स्थित नारायणी इङ्ग्लिस पब्लिक माध्यमिक बिधालयमा आज भएको स्कुल क्याप्टेन र सह क्याप्टेन पदको निर्वाचनमा निशान्त कंडेल र अजय गुरुङ बिजयी भएका छन् देशमा प्रजातान्त्रिक पद्दतिलाइ सफल बनाउन र मतदान गर्ने विधिका बारेमा बिधार्थिहरुलाइ चेतना जगाउने उद्देश्यले गरिएको निर्वाचनमा कक्षा ६ देखि १० सम्मका ३४६ जना बिधार्थीहरुले मतदान गरेका थिए। क्याप्टेन पदमा ३ जना प्रतिस्पर्धीलाइ पछि पार्दै ९९ मत प्राप्त गरि कक्षा ८ मा अध्ययनरत निशान्त कंडेल निर्वा्चित हुदा ५ जना प्रतिस्पर्धीलाइ हराउदै १३१ मत सहित कक्षा ८ कै अजय गुरुङ सह क्याप्टेन पदमा बिजयी भएका छन्। बिधालयका सामाजिक विभागका प्रमुख बिजलाल चौधरीको संयोजकत्वमा उक्त निर्वाचन सम्पन्न भएको थियो ।

Share.

Leave A Reply