play_circle_outline On Air

सिनर्जी पप

play_circle_outline On Air

सिनर्जी पप

क्यानाडाको एक रेस्टुरेन्टमा विस्फोट हुदा १५ जना घाइते,घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर

0

जेठ ११ । क्यानाडाको टोरोन्टो नजिकैको एउटा रेस्टुरेन्टमा विस्फोट हुँदा १५ जना घाइते भएका छन् ।घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।टोरोन्टो नजिकको मिसिसाउगा रहेको बम्बे भेल रेस्टुरेन्टमा बिस्फोट भएको हो । स्थानीय समय अनुसार राति १०ः३० बजे उक्त रेस्टुरेन्टमा विस्फोट भएको जनाइएको छ ।
शंकास्पद दुई व्यक्ति प्रवेश गरेर विस्फोट गराएको बताइएको छ ।विस्फोटका कारण रेस्टुरेन्ट पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । (एजेन्सी)

Share.

Leave A Reply