चैत १३,
नेपाली महिला फुटबल टोली फिफा वरियतामा १० स्थान माथि उक्लदै ९५ औं स्थानमा पुगेको छ । दक्षिण एसियाली राष्ट्रमध्ये नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ । फिफा वरियताको ५६ औं स्थानमा रहेको भारत दक्षिण एसियाको शीर्षस्थानमा रहको छ ।
भारतले गत बर्ष लगातार चौथो पटक महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको थियो । सुरुवाती तीन संस्करणको उपविजेता नेपाल गत बर्ष भने सेमिफाइनलमा नै पराजित भएको थियो । जर्मनी महिला वरियताको शीर्षस्थानमा छ । भने अमेरिका दोस्रो र फ्रान्स तेस्रो स्थानमा छ ।
फिफा महिला फुटबल वरियतामा नेपाल ९५ औं स्थानमा
0
Share.