play_circle_outline On Air

रंगबाहर

play_circle_outline On Air

रंगबाहर

सन्दीपले उपहारस्वरुप पाउने भए कार

0

जेठ ९ – नेपाली यू १६ टोलीका लेग स्पीनर सन्दीप लामिछानेलाई टाटा मोटर्सले टाटा टिगोर कार उपहार दिने भएको छ ।बुधबार साँझ काठमाडौंको सोल्टी होटलमा एक कार्यक्रममा लामिछानेलाई कार पुरस्कार दिन लागिएको हो । टाटा मोटर्सले सन्दीप लामिछानेलाई ३ वर्षका लागि ब्राण्ड एम्बेस्डर बनाएर करीब ३३ लाख रुपैयाँ मूल्य पर्ने टाटा टिगोर कार उपहार दिन लागेको हो ।लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेटमा पुर्याएको योगदान तथा हालै भारतमा खेलिएको आईपीएल क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम राखेको कदर स्वरुप टाटाले पुरस्कार प्रदान गर्न लागेको हो ।कार उपहार पाउँदा लाग्ने लाभकरबापतको सम्पूर्ण रकम पनि टाटाले नै ब्यहोर्ने जनाइएको छ ।

Share.

Leave A Reply