play_circle_outline On Air

आशाको बाँडी

play_circle_outline On Air

आशाको बाँडी

शिवनगरमा महिलाहरुको ३ दिने उद्धघोषण तालीम सम्पन्न

0

जेठ ७, भरतपुर-१४ स्थित शिवनगरमा महिलाहरुको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको उद्घघोषण तालीम सम्पन्न भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर १४ को सहयोगमा महिला समन्वय समितिले जेष्ठ ६ गते देखि शिवनगर गरिबी निवारणको सभाहलमा आयोजना गरेको निशुल्क उद्घघोषण तालीम सम्पन्न भएको हो ।निशुल्क उद्घघोषण तालीममा भरतपुर-१४ का १८ देखि ६० वर्ष उमेरका ४० जना महिलाहरुको सहभागीता रहेको थियो ।आज(मङ्गलवार) उद्घघोषण तालीमको समापन गर्दै भरतपुर महानगरपालिका वडा नम्बर १४ वडा अध्यक्ष ओम प्रकास पोख्रेलले उद्घघोषण तालिम प्रमाणपत्रको लागि मात्र नभई ब्यबहारिक जिवनमा प्रयोग हुने विश्वास व्यक्त गर्नु भयो। उहाँले वडाबाट आगामी दिनहरुमा पनि महिलाको क्षमता विकासको कार्यक्रमहरु लाई निरन्तरता दिने बताउनु भयो ।
महिला समन्वय समितीकि अध्यक्ष संयोजक विन्दु बरालले तीन दिने उद्घघोषण तालीममा भरतपुर १४ की आमासमुह,महिला समुह, विधुवामहिला लगाएतको उपस्थिति रहेको बताउनु भयो ।तालीममा सिनर्जी एफएमका रविन सुवेदी र सविता अधिकारीले उद्घघोषण प्रशिक्षण गर्नुभएको थियो ।शिवनगरमानै गुरुङ्ग तथा तमाङ्ग उपभोक्ता समगतेको उद्घघोषण तालिम चलिरहेको छ।

Share.

Leave A Reply