play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

विराटनगर स्थित फिल्ड अफिस बन्द गर्ने भारत सरकारको निर्णय

0

जेठ ८ – भारतीय दुतावास मातहत रहेको विराटनगर स्थित फिल्ड अफिस बन्द गर्ने निर्णय भारत सरकारले गरेको छ । २०६५ सालमा कोशी तटबन्ध भत्किएपछि उद्योग, व्यापार सहजीकरणका लागी भन्दै सो कार्यालय स्थापना गरिएको थियो ।

सो कार्यालय बन्द गर्न नेपाल सरकारले कुटनीतिक पहल जारी राखेको थियो । सुरुवाती दिनमा सानो भवनमा अस्थायी रुपमा सञ्चालनमा रहेको सो कार्यालयलाई भारत सरकारले पछिल्लो समय भने व्यवस्थित बनाएको थियो ।

फिल्ड अफिस स्थापनाको उद्धेश्य पुरा भएकाले बन्द गर्ने निर्णय भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा समकक्षी केपि ओलीलाई फिल्ड अफिस बन्द गर्ने जानकारी गराउनुभएको भारतीय विदेशमन्त्रालयका प्रवक्ता राभिष कुमारले नियमित पत्रकार सम्मेलनका क्रममा बताउनुभएको हो ।

केही दिन अघि प्रधानमन्त्री ओलीले फिल्ड अफिस हटाउने बारे संसदमा जानकारी गराउनुभएको थियो ।

Share.

Leave A Reply