play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

सुन तस्करीका मुख्य अभियुक्त गोरे पक्राउ , प्रतिउत्तर बहस आज सकिदै

0

जेठ ८ – ४ टन सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चुडामणी उप्रेती पक्राउ परेका छन् । सुन तस्करी घटना र सनम शाक्य हत्या प्रकरणबारे छानविन गर्न सरकारले गठन गरेको छानविन समितिले गोरेलाई पक्राउ गरिएको पुष्टी गरेको छ । सिंहदरवार स्थित गृहमन्त्रालयले आजै पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्न लागेको छ । मोरङका शनम शाक्यको हत्या भएपछि उनी फरार रहेका थिए । फागुन तेस्रो साता प्रहरीले ६३ जना विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको थियो । गोरे सहित ३३ जनालाई फरारको सूचीमा राख्दै दर्ता मुद्दामाथि अदालतमा थुनछेक बहस जारी छ । सरकारी वकिलहरुको प्रतिउत्तर बहस सकिने दिन आज गोरे पक्राउ परेका हुन् ।
थुनछेक बहस पछि अदालतले आरोपिलाई थुनामै राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउने वा धरौटीमा तारेखमा छाड्न निर्देशन दिनेछ । प्रत्युत्तर बहस आज सकिदै करिव ४ हजार किलोग्राम सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङमा जारी प्रतिउत्तर बहस आज सकिदैछ ।
जिल्ला अदालतमाजारी १७ औं दिनको थुनछेक बहसमा आज सरकारी वकिलले आरोपीतलाई थुनामुक्त गरे प्रमाण नष्ट हुने भन्दै उनीहरुलाई धरौटीमा नछोड्न माग गरेका छन् । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा प्रत्युत्तर बहस गर्दै सरकारीवकिलले आरोपीतलाई थुनामुक्त गरे संगठित अपराधले प्रोत्साहन पाउने र अभियुक्त स्वयं पनि असुरक्षित हुने तर्क दोर्होयाएका हुन् ।
जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकसहित चार जना सरकारी वकिल सहभागी छन्।प्रतिउत्तर बहसको दोस्रो दिन आज जारी बहसमा उच्च अदालत मोरङका सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुली, जिल्ला अदालतका सहायक न्यायाधिवक्ताद्वय रोहित पोखरेल र पदम वस्तीले पनि बहस गर्दैहुनुहुन्छ ।
हिजो पहिलो दिन पाठकले मात्रै प्रत्युक्तर बहस गर्नुभएको थियो । प्रत्युत्तर बहससकिए लगतै संभवतस् आजै नभए भोली न्यायाधीशबाट थुनछेकको आदेश आउने निमित्त रजिस्ट्रार केदार गौतमले बताउनुभयो ।
थुनछेकको बहस लम्विदै गएपछि बहुर्च्र्चित ४ टन सुन तस्करी र शाक्य हत्या मुद्दा कमजोर बन्ने आंकलन सुरु भएको छ । प्रहरीले दुई महिना गरेको अनुसन्धानबाट उपलब्ध प्रमारणका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले गत बैशाख १९ गते १७ अर्ब १ करोड ८० लाख रुपैयाँ बिगो माग गर्दै जिल्ला अदालतमा ६३ जनाविरुद्ध अभियोगपत्र दर्ता गरेको थियो। सो मुद्दा ३२ जना प्रहरी नियन्त्रणमा छन् । भने मुद्दाका मुख्य प्रतिवादी चुडामणी उप्रेती सहित अन्य ३१ जना अझै फरार छन् ।

Share.

Leave A Reply