चैत्र १३,रत्ननगर नगरपालिका १२ सुब्बाचोकबाट डुम्रेचोक तिर जादैँ गरेको ट्राक्टरबाट लडेर आज १ जनाको मृत्यू भएको छ । ना १ त ७०८७ नम्बरको ट्राक्टरबाट आफै लडेर सोही ट्राक्टरमा कार्यरत मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा रनपा १३ जयमङगलाका २० बर्षिया कोशिस चौधरी रहेका छन । उनको शबलाई पोष्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको छ । ट्रयाक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको चितवन प्रहरीले जनाएको छ ।
ट्राक्टरबाट लडेर आज १ जनाको मृत्यू-रत्ननगर नगरपालिका
0
Share.