play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

३ महिनाभित्र २२ मेगावाटको बागमतीले बिजुली निकाल्दै

0

काठमाडौं र मकवानपुरको सीमामा निर्माण भइरहेको २२ मेगावाटको बागमती जलविद्युत आयोजनाबाट आगामी ३ महिनाभित्र विद्युत उत्पादन हुने भएको छ । मान्डु हाइड्रो पावर कम्पनीले बागमती, कुलेखानी र कोगटे खोलाको पानी मिसाएर विद्युत उत्पादन गर्न लागेको हो । अहिले अयोजनाको सुरुङ, बाँध तथा विद्युतगृहमा समानान्तररूपमा काम भइरहेको कम्पनीले जानकारी दिएको छ । निर्माण अन्तिम चरणमा रहेको जनाइएको छ । २०७२ जेठबाट काम सुरु गरेको कम्पनीले अहिलेसम्म २ हजार ४ सय २४ मिटर सुरुङ निर्माण गरिसकेको छ । अहिले सुरुङ तथा विद्युतगृह फिनिसिङ भइरहेको आयोजनाका इन्जिनियर रत्न बोम्जनले बताए । मकवानपुरको इपान्चकन्या–८ बागमती दोभानमा बाँध निर्माण गरी २४ सय ४० मिटरको सुरुङ हुँदै पानी ल्याएर ईपा बेँसीस्थित विद्युतगृहमा खसालिनेछ । अब विद्युतगृहसम्म पुग्ने १६ मिटर सुरुङमात्र खन्न बाँकी छ । समयमै सामग्री ढुवानी गर्न नपाउँदा निर्माणमा केही ढिलाई भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार फास्ट ट्र्याकको काम भइरहेकाले सेनाले एक हप्तामा तीन रात र अर्काे हप्ता दुई रात गरी रातीको समयमात्र सडकमा हिँड्ड अनुमति दिएको छ ।

Share.

Leave A Reply