play_circle_outline On Air

मैसरिसुनाखरी

play_circle_outline On Air

मैसरिसुनाखरी

अमेरिकी गुप्तचर संस्था सिआइएमा पहिलो पटक महिला निर्देशक

0

अमेरिकी गुप्तचर संस्था सिआइएमा पहिलो पटक महिला निर्देशक नियुक्त गरिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले जिना ह्यास्पेललाई सिआइए निर्देशकमा नियुक्तका लागि गरेको सिफारिसलाई अमेरिकी सिनेटले अनुमोदन गरेको हो। 

संसदमा  उनको पक्षमा ५४ र विपक्षमा ४५ मत परेको थियो। सन् २००१ को सेप्टेमबरमा अमेरिकामा भएका आतंकवादी हमलापछि सिआइएले चलाएको विवादास्पद केरकार तथा सोधपूछ कार्यक्रममा उनको संग्लनता रहेको भन्दै उनको आलोचना समेत हुँदै आएको छ। 

३३ वर्ष देखि सिआइएमा भूमिगत गुप्तचरका रुपमा काम गरेकी ह्यास्पेलले २००२ मा थाइल्याण्ड स्थित ‘ब्ल्याक साइट’का नामले चिनिने एउटा भूमिगत अखडामा चलाएकी थिइन्। ‘ब्ल्याक साइट’मा उनको समूहले कडा केरकारको गोप्य कार्यक्रम चलाउँदै आएको थियो। 

त्यहाँ कैदीहरुलार्इ पट्टी बाँधेर पानीमा डुबाउन जस्ता कठोर यातना दिने गरिएको अमेरिकी सिनेटको प्रतिवेदनको निष्कर्ष निकालेको थियो। अब्दुल रहिम अल नासिरि नामक संदिग्ध लगाययत ११४ कैदीलाई निदाउन नदिने, नाङ्गै राख्ने, सानो बाकसमा बन्द गर्ने, कडा ताप्क्रममा राख्ने जस्ता कठोर यातना दिइएको थियो। 

त्यसबेला उनले निभाएको भुमिकाको सांसदहरु बीच मतभेद देखिए पनि संसदमा मत विभाजन हुँदा उनी बहुमतबाट निर्वाचित भएकी हुन। बिहीबार भएको निर्वाचनमा डेमोक्रयाटका ६ सांसदले पार्टीको नीति विरुद्ध ह्यास्पेलको पक्षमा मतदान गरेका थिए।

Share.

Leave A Reply