play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

परमाणु हतियार नष्ट गरे उत्तर कोरियाको शासक परिवर्तन नहुने ट्रम्पको दावी

0

जेठ ४ । आगामी जून १२ मा अमेरिका र उत्तर कोरियाबीच राष्ट्रपतिस्तरमा शिखर वार्ता हुने तय भएलगत्तै अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य प्रदर्शन गरेपछि वार्ता हुने÷नहुनेमा अन्यौल देखिएको छ ।

वासिंटन, जेठ ४ । आगामी जून १२ मा अमेरिका र उत्तर कोरियाबीच राष्ट्रपतिस्तरमा शिखर वार्ता हुने तय भएलगत्तै अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य प्रदर्शन गरेपछि वार्ता हुने÷नहुनेमा अन्यौल देखिएको छ ।

उत्तर कोरियाले अमेरिकी रवैयाप्रति आशंका गर्दै शिखर वार्ता रद्द हुन सक्ने चेतावनी दिएको छ । यसले के होला भन्ने चासो विश्वव्यापी रुपमा बढेको छ ।

उत्तर कोरियासँगको वार्ता सफल भएमा कुन मोडलमा शान्ति प्रक्रिया टुंगिएला भन्ने विषयले पनि अहिले चर्चा पाएको छ । खासगरी अमेरिकी राष्ट्रिय सुरक्षा सलहकार जोन बोल्टनले उत्तर कोरियामा पनि लीबिया मोडल अपनाइने बताएपछि आशंका चुलिएको हो ।

यसप्रति उत्तर कोरियाले आपत्ति जनाएपछि स्वयं अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लीबिया मोडल अपनाउनेमा विचार गरिनसकेको भन्दै प्रष्टीकरण दिनुपरेको छ । ट्रम्पले परमाणु हतियार निशस्त्रीकरण प्रक्रियामा आएमा उत्तर कोरियाको शासक किम जोङ उन नै रहने र उनैले शासन गर्ने प्रष्ट पारेका छन् ।

Share.

Leave A Reply