play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

रमजानको एक महिने ब्रत आजबाट सुरु

0

जेठ ४ – इस्लाम धर्मावलम्बीको महत्वपूर्ण पर्व ‘रमजान’ को एक महिने ब्रत आजबाट शुरु भएको छ । अरबी पात्रो हिजरी अनुसार नवौं महिना रमजानमा एक महिनाभर पवित्र रोजा ब्रत बस्ने गरिन्छ । यो पर्वमा सूर्योदयदेखि सूर्यास्त सम्म निराहर बस्नुपर्ने प्रचलन छ ।

राष्ट्रिय मुस्लिम आयोगका अनुसार धर्मावलम्बीले चन्द्रमा नदेखिएसम्म रोजा-ब्रत तोड्न नमिल्ने हुँदा सूर्योदय अगाडि बिहानको खानारसेरी खाने तथा साँझ सूर्यास्तपछि फलाहाररइफ्तार गर्छन् ।

धनी तथा गरीब दुबैथरी धर्मावलम्बीले रोजा बस्ने र पवित्र ग्रन्थ ‘नमाज’ वाचन गर्ने गर्दछन् । इस्लाम धर्ममा पाँच आधारस्तम्भलाई महत्वपूर्ण मानिन्छ । त्यसमा नमाज पढ्ने, रोजा बस्ने, हजरतीर्थाटन, जकातरदान र कल्मा पर्छ ।

धनी मानिसले आफ्नो वार्षिक आम्दानीको २.५ प्रतिशत गरीब, दुःखी तथा असहायलाई दान गर्ने परम्परालाई जकात र इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मद तथा उनका उपदेशलाई कल्मा भनिन्छ ।

इस्लाम धर्मावलम्बीले रमजान सकिएको एक महिनापछि इद मनाउँछन् ।

Share.

Leave A Reply