play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

एसिसी इमर्जिङ कप खेल्न नेपाली टोली बङगलादेश प्रस्थान

0

चैत १२,
एसिसी इमर्जिङ टीम कप खेल्ने नेपाली टोलि बङगलवादेश प्रस्थान गरेको छ । टोलिलाई आज दिउसो एक कार्यक्रम गरि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले बिदाइ गर्नुभएको थियो । १९ जना खेलाडी सहितको नेपाली टोली आज बेलुका ५ बजे बंगलादेश प्रस्थान गरेको हो ।
बिदाइ कार्यक्रममा नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले नेपाली टोलीमा युवा खेलाडीको वर्चश्व रहेकाले नेपालले जित्नकै लागि खेल्ने र अवसरलाई खेर नफाल्ने बताए ।
इमर्जिङ कपमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलि सहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्षमुनिका टोलीले खेल्ने छन् । नेपालका बसन्त रेग्मी, पारस खड्का, सोमपाल कामी, शक्ति गौचन भने यो प्रतियोगितामा खेल्ने छैनन् । नेपालले आफ्नो पहिलो खेल आगामी सोमबार पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग खेल्नेछ ।

Share.

Leave A Reply