play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

एकीकृत वाम पार्टीको संयुक्त बैठक आजै बेलुका

0

एमाले–माओवादीले पार्टी एकीकरणको घोषणा बिहीबार गर्दैछन्। त्यसका लागि अहिले बालुवाटारमा एकता संयोजन समितिको बैठक जारी छ।

दिउँसो विशेष कार्यक्रम गरेर एकीकरणको औपचारिक घोषणा हुँदैछ। केन्द्रीय समिति तथा स्थायी समितिमा रहने नेताको टुंगो पनि लागेको छ।

यहीबीचमा पार्टी एकताको घोषणा भइसकेपछि बिहीबार बेलुका नै एकीकृत पार्टीको केन्द्रीय समितिको बैठक बस्ने तयारी रहेको नेता भीम रावलले जानकारी दिएका छन्।

एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ।

Share.

Leave A Reply